काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारणी समितिको बैठक आजबाट काठमाडौंमा सुरु हुदैँछ ।
वालकुमारीस्थति केन्द्रिय कार्यालयमा बिहान ११ बजे देखी सुरु हुने बैठकले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देखी स्थानिय तहको निर्वाचनसम्मको अजेन्डामा छलफल हुनेछ । आन्तरिक बिबादका कारण जसपाको बैठक लामो समयदेखि हुन सकिरहेको थिएन ।
पार्टी अध्यक्ष उपेन्द्र यादव एकलौटी ढंगले अघि बढिरहेको डा.बाबुराम भट्टराई पक्षले आरोप लगाउँदै आएको छ । सरकारले संसदमा पेश गरेको एमसीसी प्रस्तावका विषयमा पनि जसपाभित्र एकमत छैन ।
आजको बैठकमा एमसीसी, स्थानिय तह निर्वाचन र पार्टीको विधान सम्मेलन गर्नेलगायतका विषयमा छलफल हुने सो पार्टीले जनाएको छ । यहि बैठकबाट पार्टीको केन्द्रीय बिभागदेखि अन्य संरचना निर्माण गर्नेबारे पनि निर्णय हुने बताइएको छ ।