Media Network

जसपाको केन्द्रीय समितिको बैठक सुरू


खबरस्टोरी संवाददाता

३० फाल्गुन २०७८,सोमबार

काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) को दोस्रो दिनको केन्द्रीय समितिको बैठक सुरु भएको छ । 

काठमाण्डौंको एक पार्टी प्यालेसमा आइतबारदेखि जारी रहेको केन्द्रीय समिति बैठकले स्थानिय तहको निर्वाचनमा कसरी जाने भन्ने विषयमा रणनी बनाउने जानकारी गराइएको छ । आजको बैठकमा केन्द्रीय सदस्यहरूको प्रश्नको जवाफ अध्यक्ष उपेन्द्र यादव र संघिय परिषद अध्यक्ष बावुराम भट्टराई जवाफ दिनेछन् । 

सो बैठकमा स्थानिय तहको निर्वाचन, संगठन विस्तार, पार्टीको विधान, महाधिवेशन, समसामयिक राजनीतिक विषयको बारेमा छलफल हुनेछ । समाजवादीका केही केन्द्रीय सदस्यहरूले स्थानिय तहको निर्वाचनमा अन्य पार्टीहरूसंग तालमेल गरेर जान सकिने भनेर सुझाव पेस गरेका छन् ।

यसअघि अध्यक्ष उपेन्द्र यादव बस्ने कुर्सीको विषयमा विवाद हुदा अहिलेको केन्द्रीय समिति बैठकमा नेताहरूले भुइमै बसेर छलफल गरिरहेका छन् ।  । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद