जसपाका नवनियुक्त मन्त्रीले लिए शपथ


खबरस्टोरी संवाददाता
२१ असार २०७९, मंगलवार
जसपाका नवनियुक्त मन्त्रीले लिए शपथ
काठमाडौ । जनता समाजवादी पार्टी (जसपा)का नवनियुक्त तीन मन्त्रीले सोमबार शपथ लिएका छन् ।

जसपाले आफ्ना तीन मन्त्री हेरफेर गर्दै नयाँ मन्त्री पठाउने निर्णय गरेको हो ।राष्ट्रपति कार्यालय शितल निवासमा नवनियुक्त मन्त्रीहरुले शपथ गराएकी हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान जसपाका तीन मन्त्री परिवर्तन गर्दै भौतिक पूर्वाधार तथा यातायातमा इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमा मृगेन्द्र यादव र वन तथा वातावरणमा प्रदीप यादवलाई जिम्मेवारी दिएका थिए ।