Media Network

जसपाका तीन मन्त्री फिर्ता, राजेन्द्रको मन्त्री पद जोगियो


खबरस्टोरी संवाददाता

२० असार २०७९,सोमबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का तीन मन्त्रीलाई फिर्ता बोलाइएको छ । सरकारमा रहेका चार मन्त्री मध्ये संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठको पद भने जोगिएको छ । 

जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम पक्षमा हस्ताक्षर अभियान चलाएका तीन मन्त्रीलाई सरकारबाट फिर्ता बोलाइएको छ । 

जसपाले कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री रेणु यादव र वनमन्त्री राम सहाय यादवलाई सरकारबाट फिर्ता बोलाएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले शेरबहादुर देउवा सरकारमा रहेका तीन जना मन्त्रीलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ तीन जनाको नाम सिफारिस गरेका छन् । 

नयाँ मन्त्रीका लागि प्रदीप यादव, इस्तियाक राई र मृगेन्द्र सिंहको नाम सिफारिस गरिएको छ । यादवलाई वन, राईलाई भौतिक पूर्वाधार र सिंहलाई कृषि मन्त्रीमा सिफारिस गरिएको छ ।

पार्टी अध्यक्ष यादवले आइतबार साँझ प्रधानमन्त्री देउवालाई नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएका थिए । मन्त्री सिफारिस गरिएका नयाँ मन्त्रीहरुलाई सोमवार नै सपथ गराउने तयारी गरिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद