Media Network

जसपाका दुई केन्द्रीय सदस्य माओवादी केन्द्रमा प्रवेश


खबरस्टोरी संवाददाता

९ बैशाख २०७९,शुक्रबार

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्यद्वय डा. अब्दुर रहिम मिक्रानी र यमबहादुर घर्तीमगर माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पेरिसडाँडामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डसहितका नेताहरूले उनीहरुलाई स्वागत गरेका थिए । 

सो क्रममा जसपाका प्रदेश समिति सदस्य दिलीप थापामगर पनि माओवादी केन्द्रमा प्रवेश गरेका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद