प्रमुखमा नेकपा एमालेका उम्मेदवार अजम्बर राईले २१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितेन्द्र अग्रवालले १३ मत प्राप्त गरे ।
त्यस्तै उपप्रमुखमा एमालेकी उम्मेदवार उषा झाले पनि २१ मत प्राप्त गरेर विजयी भएकी छन् । भने उनकी प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार निलम कुमारी सरदरले १३ मत पाइन् ।
सदस्यहरमा पनि एमालेका उम्मेदवारहरु देवीराम कटुवाल, हरी माया विश्वकर्मा, तुल्सी प्रसाद घिमिरे, उमा नेपाली उर्वशी कुमारी थारु, मित्र प्रसाद ढकाल विजयी भएका मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए ।
१७ वटा स्थानिय तह रहेको मोरङमा नेकपा एमालेले ९ प्रमुख र १२ उपप्रमुख, नेपाली कांग्रेसले ८ प्रमुख र ४ उपप्रमुख र माओवादी केन्द्रले एउटा पालीकाको उपप्रमुख जितेको छ । जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानिय तहबाट निर्वाचित प्रमुख र उपप्रमुखले मतदान गर्ने व्यवस्था रहेको छ ।