Media Network

जेष्ठ नागरिक अस्पताल बनाउने सैद्धान्तिक सहमति


खबरस्टोरी संवाददाता

२६ फाल्गुन २०७८,बिहीबार

काठमाडौँ । सरकारले जेष्ठ नागरिक अस्पताल निर्माण गर्ने सैद्धान्तिक सहमति जुटाएको छ । 

मन्त्रिपरिषद्‍को बिहीबार बसेको बैठकले जेष्ठ नागरिक अस्पताल बनाउने सैद्धान्तिक सहमति जुटाएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए ।

अस्पताल निर्माणबारे बिहीबार नै स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रालयका सहसचिवको नेतृत्वमा ३ तीन सदस्यीय कार्यदल बनाएका छन् । कार्यदलले अस्पताल कुन ठाउँमा बनाउने, आवश्यक जग्गा व्यवस्थापन र लागत स्टिमेटबारे अध्ययन गरेर प्रतिवेदन बुझाउने छ । 

यस्तै, सरकारले ५० वर्षभन्दा माथिका सबै नेपाली नागरिकको वर्षमा एक पटक निःशुल्क स्वास्थ्य परीक्षण गराउने निर्णय पनि गरेको छ । 

बिहीबार मिर्गौला दिवसको सन्दर्भ परेकोले बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सबै मन्त्रीहरुले अंगदान गर्ने घोषणासमेत गरेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद