उक्त चुनावमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न भारतले गरेको पत्राचारपछि पश्चिम बंगालसँग सीमा जोडिएका झापाको काँकडभिट्टा, भद्रपुर तथा इलामको पशुपति नगर नाका ७२ घण्टाका लागि सिल गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोले बताए । उनका अनुसार ‘शुक्रबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म नाका सिल हुनेछ ।
उनका अनुसार नाका ठप्प हुँदा वर्षामा सर्वसाधारणले सास्ती बेहोर्नु परेको गुनासो गरेका छन् । विशेषगरी बिरामी, असहाय र असक्तहरूलाई नाका वारपारमा समस्या भएको छ ।