जितेन्द्र देवले भने- श्रीलंकाबाट देउवाले मात्र होइन, ओलीले पनि पाठ सिक्न जरुरि छ


खबरस्टोरी संवाददाता
२८ असार २०७९, मंगलवार
जितेन्द्र देवले भने- श्रीलंकाबाट देउवाले मात्र होइन, ओलीले पनि पाठ सिक्न जरुरि छ
काठमाडौँ। श्रीलंकामा हालै भएको दुखद घटनाबाट प्रधानमन्त्री शेरबहादुर देउवाले मात्र नभएर भुतकाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पाठ सिक्नुपर्ने राष्ट्रियसभाका सदस्य जितेन्द्र नारायण देवले भनेका छन् ।

राष्ट्रियसभाको मंगलबार बसेको बैठकको शुन्य समयमा बोल्दै उनले श्रीलंकाको बारेमा आफूले यसअघि विभिन्न सन्दर्भमा धेरै पटक ओलीले उदाहरण दिने गरेको स्मरण गराए । 

उनले जे जति राम्रो काम भइरहेको छ, त्यसको जस ओली नेतृत्वको सरकारलाई दिने र जे नराम्रो भइरहेको छ, त्यो सबै देउवा नेतृत्वको सरकारलाई दोष थोपर्ने भन्दै  आपत्ति जनाएका छन् । 

उनले श्रीलंकामा महिन्दा राजापाक्षेले दुई तिहाई बहुमतको सरकार बनाएको चर्चा गर्दै राजापाक्षे सैनिक अड्डामा गएर केपी ओलीले झैं लुक्नु परिरहेको दाबी गरेका छन् । तर' उनले भने, नेपाल त्यता श्रीलंकातर्फ गइरहेको छैन भन्नेमा म ढुक्क छु ।’