राष्ट्रियसभाको मंगलबार बसेको बैठकको शुन्य समयमा बोल्दै उनले श्रीलंकाको बारेमा आफूले यसअघि विभिन्न सन्दर्भमा धेरै पटक ओलीले उदाहरण दिने गरेको स्मरण गराए ।
उनले जे जति राम्रो काम भइरहेको छ, त्यसको जस ओली नेतृत्वको सरकारलाई दिने र जे नराम्रो भइरहेको छ, त्यो सबै देउवा नेतृत्वको सरकारलाई दोष थोपर्ने भन्दै आपत्ति जनाएका छन् ।
उनले श्रीलंकामा महिन्दा राजापाक्षेले दुई तिहाई बहुमतको सरकार बनाएको चर्चा गर्दै राजापाक्षे सैनिक अड्डामा गएर केपी ओलीले झैं लुक्नु परिरहेको दाबी गरेका छन् । तर' उनले भने, नेपाल त्यता श्रीलंकातर्फ गइरहेको छैन भन्नेमा म ढुक्क छु ।’