Media Network

'झुट, बेइमानी र धोकाको अर्को नाम ओली'


खबरस्टोरी संवाददाता

१ पुष २०७८,बिहीबार

काठमाडौँ। नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीमा ‘दरिद्र राजनीतिक चरित्र’ रहेको आरोप समेत लगाएका छन्।

 बिहीबार बिहान वक्तव्य जारी गर्दै प्रचण्डले ओलीले हालै आफ्नो सम्बन्धमा गरेको टिप्पणीको खण्डन गरेका हुन्। वक्तव्यमा प्रचण्डले भनेका छन्, ‘दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनीतिक प्रतिनिधिका रुपमा देखापरेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली झूट, बेइमानी र धोकाको अर्काे नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन्।’

ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको आरोप लगाएका थिए। प्रचण्डले भनेका छन्, ‘पूर्वराजासँग मेरो पाँच बुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झूटो कुरा प्रचार गरेर उनले (ओली) आफ्नो दरिद्र राजनीतिक चरित्रमात्र प्रदर्शन गरेका छन्। म केपी ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झूटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु।’

यस्तै प्रचण्डले हालै शेयर बजारसहितका बारेमा गरेको टिप्पणीको बचाउ गर्दै  वक्तव्यमा भनेका छन्, ‘माक्र्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौँ टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषणमाथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु।’ अहिलेको पूँजीवादको चरित्रबारे आफूले गरेको विश्लेषण सही रहेको दाबीसहित प्रचण्डले नेपालको शेयर बजारका सन्दर्भमा आफ्नो पार्टी र आफूसमेत लाखौँ लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट पारेका छन्। उनले वक्तव्यमा भनेका छन्, ‘दलाल पूँजीपतिहरुको झूटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु।’



Share:
Reaction :
ताजा समाचार
खेलकुद