सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले महासचिव विप्लव र प्रवक्ता प्रकाण्ले पार्टीको नीति विपरित चुनावमा गएको बताएका छन् । उनले भने “महासचिव विप्लव र प्रकाण्डले चुनावमा गए पनि निर्वाचन पछि हामी क्रान्तिको पक्षमा नै फर्किन्छौँ भन्नु भएको छ । तर त्यो त्यति सजिलो छैन । जनताहरुले पनि उनीहरुलाई संसदवादी भनेर बुझेका छन् । उनीहरू नीतिगत रुपमा पनि संसदवादमा गैसक्नु भएको छ ।”
नयाँ बनेको नेकपा (बहुमत) को निष्कर्ष विप्लव अघि सारेको एकीकृत जनक्रान्ति सारसंग्रहवादी भएको आरोप लगाउदै आफ्नो रणनीतिक कार्यक्रम( वैज्ञानिक समाजवाद , कार्यदिशा( समाजवादी क्रान्ति र कार्यनीति( स्वाधीन संयुक्त सरकार रहेको बताएका छन् ।
यस्ता छन् उनीहरूले विप्लवलाई लगाएका आरोप ( विप्लब मा देखिएका समस्याहरु)
१.दार्शनिक रूपमा सारसंग्रहवाद
२.राजनैतिक रूपमा संसोधनवादी संसदवाद रजुझारु संसदवाद
३.संगठनात्मक रूपमा निषेधात्मक अधिभुतवादी सुधारवाद
४.संघर्षको रुपमा आत्मसुरक्षावाद
५. आर्थिक रूपमा जुझारु अर्थवाद
त्यस्तै पार्टी विभाजन भएसंगै विप्लव नेकपाको मुखपत्र “इरातोखबर” पनि नेकपा बहुमतकै पक्षमा रहेको छ । इरातोखबरका सम्पादन समेत रहेका अशोक सुवेदी नेकपा (बहुमत) तिर लाग्दा पार्टीको मुखपत्रले पनि विप्लवको साथ सोडेको हो । नेकपा पुर्नगठन गर्दा निकै मिहिनेतका साथ महासचिव विप्लवले पार्टीको मुखपत्र “इरातोखबर” स्थापना गरेका थिए ।
पार्टीमा विवाद देखिए यता इरातोखबरले विप्लव र प्रकाण्ड पक्षका समचारहरु छाप्न छोडेको थियो । सचिवालय सदस्य बास्तोला र ओली लगायत केन्द्रीय सदस्यहरुलाई गरिएका कारवाहीको समचारहरु पनि यो पत्रिकाले छापेको थिएन । तर आज नेकपा (बहुमत) ले गरेको पत्रकार सम्मेलनलाई इरातोखबरले प्रत्यक्ष लाइभ समेत गरेको थियो ।