Media Network

कांग्रेस बागमती प्रदेशका सभापतिमा बानियाँ


खबरस्टोरी संवाददाता

२० मंसिर २०७८,सोमबार

काठमाडौँ। नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश  अधिवेशनबाट सभापति पदमा इन्द्रबहादुर बानियाँ  निर्वाचित भएका छन् । आइतबार सम्पन्न  निर्वाचनबाट उनले एक हजार ८५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी जगदिश्वरनरसिंह केसीले ९२७ मत प्राप्त गरेकोनिर्वाचन अधिकृत केशव काफ्लेले जानकारी दिए ।  १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

यसअघि  शनिबार सम्पन्न मतदानबाट कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आइतबार पुनः मतदान भएको थियो । पहिलो निर्वाचनमा  बानियाँले ९९२ मत प्राप्त गरेका थिए भने केसीले ८७७ मत प्राप्त गरेका थिए । कांग्रेसको विधानमा कुनै पनि उम्मेदवारले कूल खसेका मतमा ५१  प्रतिशतभन्दा कम प्राप्त गरेमा पुनः निर्वाचन गर्नुपर्ने प्रावधान  छ । 

आइतबार मतदान हुनुअघि सभापतिका अर्का  उम्मेदवार भीमसेनदास प्रधानले आफ्नो समर्थन नेता बानियाँलाई रहेको घोषणा गरेका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद