Media Network

कांग्रेस चुनावी अभियानमा पुग्यो एमसीसी ‘भ्रम र यथार्थ’ पुस्तक


खबरस्टोरी संवाददाता

१ चैत्र २०७८,मंगलवार

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचन केन्द्रित एक महिने अभियानमा हिँडेको नेपाली कांग्रेसले एमसीसीबारे पुस्तक गाउँतिर छरेको छ । 

अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ऐनले नै अनुदान सहयोग रकमलाई सैन्य गतिबिधिमा लगाउन प्रतिबन्ध लगाएको प्रस्ट्याउँदै पुस्तक गाउँ गाउँमा छरिएको छ । 

गत आइतबार देखि ‘घर घर जाऊँ, नेपाली कांग्रेस जिताऊँ’ भन्दै स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम आयोजना गरिरहेको कांग्रेस केन्द्रीय कार्यालयले ‘एमसीसी अनुदान सहयाता सम्झौताः भ्रम र यथार्थ’ नामक पुस्तकसहित प्रचण्ड, महरादेखि बाबुराम भट्टराईले एमसीसी ल्याउन गरेको योगदानको वारेमा देखिएको भ्रम र त्यसलाई चिर्ने प्रयास गरेको छ । 

‘माओवादी यो (एमसीसी) प्रक्रियामा शुरुवातदेखि नै संलग्न थियो, माओवादी नेतृत्वको पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र कृष्णबहादुर महरा उपप्रधान तथा अर्थमन्त्री रहेको सरकारले नै सम्झौता आवश्यक छ भनेर सहायता प्राप्तिका लागि तयारी गर्न वार्ता टोली गठन गरेको थियो, त्यतिवेला सो वार्ताटोलीले तयार गरेको आधारमा नै सम्झौता अगाडि बढेको हो’ पुस्तकमा उल्लेख गरिएको छ । 

एमसीसी सम्झौतामा अमेरिकाले नेपाललाई छनौट गरेको खबर तत्कालिन माओवादी उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा आएको उल्लेख गर्दै सो अनुदान सहयाता लिन माओवादी अध्यक्ष प्रचण्डले बिज्ञ टोली गठन गरेको कांग्रेसले पुस्तकमार्फत देखाएको छ ।  

प्रतिनिधिसभावाट ‘ब्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन भएको केही हप्तमा नै कांग्रेस केन्द्रिय कार्यालयले प्रकाशन गरेको ‘एमसीसी अनुदान सहयाता सम्झौताः भ्रम र यथार्थ नामक पुस्तकमार्फत प्रस्टीकरण गर्न कांग्रेस गाउँगाउँ हिडेको छ । 

गत आइतवारदेखि ‘घर घर जाऊँ, नेपाली कांग्रेस जिताऊँ’ भन्दै स्थानिय तह निर्वाचन लक्षित कार्यक्रम आयोजना गरिरहेको कांग्रेसले एमसीसीका बारेमा फैलाएका भ्रम चिर्नका लागि ४६ पृष्ठमार्फत घर घर भ्रम निवारण गर्ने छ ।

‘यो आईपीएसको अङ्ग हो भनेर भ्रम फैलाउनु कपोकल्पित कुरा हो’ कांग्रेसले पुस्तकमा स्पष्ट रुपमा उल्लेख गरेको छ ।

कांग्रेसले पुस्तकमा प्रश्नोत्तरको शैलीमा एमसीसीकाबारेमा भ्रम चिर्ने प्रयास गरेको छ । एमसीसीका बारेमा राजनीति गिजलिएको बेला कांग्रेसले ३० वटा प्रश्नोत्तरमार्फत एमसीसीको भ्रम तोड्ने उद्देश्य राखेको देखिन्छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद