Media Network

कांग्रेस डोटी उपसभापतिमा खड्का र जोशी विजयी


खबरस्टोरी संवाददाता

१० मंसिर २०७८,शुक्रबार

डोटी। नेपाली कांग्रेस १४ औँ  महाधिवेशनअन्तर्गत भएको जिल्ला निर्वाचनमा उपसभापति पदमा विजय खड्का र नारायण जोशी विजयी भएका छन् । खड्काले ६०१ मत प्राप्त गरे भने जोशीले ५६४ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी बम कठायतले ३७३ र पदमबहादुर रावतले ३२७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । जोशी जिल्ला कार्यसमितिका निवर्तमान सचिव हुन् भने खड्का क्षेत्रीय सभापति हुन् ।

यसैगरी सचिवमा नारायण बलायर र गणेश खड्का निर्वाचित भएका छन् । खड्काले ४६१ र बलायारले ४३४ मत प्राप्त गरी निर्वाचित भएका हुन् । यस्तै सहसचिवमा छत्र कठायत र गोकर्ण मलासी निर्वाचित भएका छन् । कठायतले ४०१ र मलासीले ३६९ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन समितिले जनाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद