Media Network

कांग्रेस जुम्ला सभापतिमा शाही विजयी


खबरस्टोरी संवाददाता

८ मंसिर २०७८,बुधबार

जुम्ला ।  नेपाली कांग्रेस जुम्लाको जिल्ला सभापतिमा कर्णबहादुर शाही  निर्वाचित भएका छन् ।  

आज सम्पन्न भएको मतगणनामा अर्का उम्मेदवार दीपबहादुर शाहीलाई पाँच मतले पछि पार्दै उनि  विजयी  भएको सहायक निर्वाचन अधिकृत दुर्गाबहादुर  बस्नेतले बताए । थप विवरण आउन बाँकी रहेको निर्वाचन मण्डलले जनाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद