Media Network

कांग्रेस केन्द्रीय समिति बैठक सुरु, रामचन्द्र पौडेल र प्रकाशमान सिंह अनुपस्थित


खबरस्टोरी संवाददाता

२३ मंसिर २०७८,बिहीबार

काठमाडौँ। पार्टी कार्यालय सानेपामा पौने २ बजे नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।  बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंह भने अनुपस्थित रहेका छन् ।  

आजको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले लेखा प्रतिवेदन पेश गर्ने तयारी भएको छ ।साथै १३ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको अन्तिम बैठक भएकाले सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकालमा सहयोग गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

आजको बैठकमा पदाधिकारी र केही केन्द्रीय सदस्य समेत थप्ने प्रस्ताव लैजाने गृहकार्यमा रहेको देउवा पक्ष बैठकमा वरिष्ठ नेता पौडेल र नेता सिंह अनुपस्थित भएपछि सो प्रस्तावबाट पछि हटेको बुझिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद