Media Network

कांग्रेस कर्णाली प्रदेश सचेतकमा शाही


खबरस्टोरी संवाददाता

२६ माघ २०७८,बुधबार

कर्णाली। नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले अमृता शाहीलाई सचेतक पदमा मनोनित गरेको छ । दलको विधान, २०७४ को दफा ११ (१) बमोजिम कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले उनलाई सचेतकमा मनोनित गरेका हुन् ।

यसअघिका सचेतक हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएपछि शाहीलाई उक्त जिम्मेवारी दिइएको हो । कांग्रेस संसदीय दलको विधानमा दलका नेताको प्रत्यक्ष निर्देशन, समन्वय एवं परामर्शमा रहेर सचेतकले जिम्मेवारी वहन गर्नुपर्ने व्यवस्था छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद