Media Network

कांग्रेस कार्यकर्ताद्वारा पार्टी कार्यालय तोडफोड


खबरस्टोरी संवाददाता

१७ बैशाख २०७९,शनिबार

नुवाकोट । स्थानीय तह निर्वाचनको उम्मेदवारीको विषयलाई लिएर नुवाकोटको विदुरमा कांग्रेस कार्यकर्ताहरुले जिल्ला पार्टी कार्यालय तोडफोड गरेका छन् । कांग्रेस असन्तुष्ट पक्षले शुक्रबार बेलुकी उम्मेदवारीको विषयमा विवाद हुँदा पार्टी कार्यालय तोडफोड गरेका हुन् । 

सत्तारुढ गठबन्धान रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादीलगायत पाँच दलले चुनावी गठबन्धन गरे पनि नुवाकोटको तीन स्थानीय तहमा कांग्रेस–माओवादी चुनावी तालमेल भएको छ । 

दुई दलबीच चुनावी तालमेल हुँदासमेत एउटै पदमा दुईवटै दलको उम्मेदवारी परेको र त्यसको उचित व्यवस्थापनको माग गर्दै विदुरस्थित पार्टी कार्यालय आइपुगेका आक्रोशित कार्यकर्ताले कार्यालय तोडफोड गरेका हुन् । 

उम्मेदवारीको विषयमा विवाद समाधानको माग गर्दै आक्रोश युवाहरुले कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतको कार्यकक्षमा तोडफोड गरेको प्रत्यक्षदर्शीहरुले बताए। 

विदुर नगरपालिका–७ तुप्चेवाट आएका कांग्रेस कार्यकर्ताहरुले तोडफोड गरेका थिए । आक्रोशित युवाहरुले सभापति महतको कार्यकक्षमा प्रवेश गरी टेबल, कुर्सी, सिसालगायतका सामग्री तोडफोड गरेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद