कांग्रेस लुम्बिनीमा मतगणना: पाैडेल समुहका अमरसिंहको अग्रता


खबरस्टोरी संवाददाता
१९ मंसिर २०७८, आईतवार
कांग्रेस लुम्बिनीमा मतगणना:  पाैडेल समुहका अमरसिंहको अग्रता

काठमाठाैँ ।  नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना  सुरू गरिएको छ। सभापति पदमा अमरसिंह पुन मगर ११८ मतसहित अगाडि देखिएका छन् ।

निर्वाचन समितिका अनुसार अहिलेसम्म जम्मा दुई सय मत गणना भएको हो। अमरसिंह वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन्। साथै उनिहरुकै प्यानल नै अगाडि रहेको छ।

सभापतिका अर्का उम्मेदवार भरत शाह ८१ मतसहित पछ्याइरहेका छन्।  शनिबार लुम्बिनीमा मतदान भए पनि आज बिहानदेखि मात्रै मत गन्न थालिएको समितिले जनाएको छ ।