Media Network

कांग्रेस महामन्त्री : गगन थापाको अग्रता, कसको कति मत ? (लाइभ अपडेट)


खबरस्टोरी संवाददाता

१ पुष २०७८,बिहीबार

काठमाडौँ। कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरू भएको छ । महामन्त्रीमा गगन थापाले सुरुवाति अग्रता कायम राखेका छन्। अहिलेसम्म ५ सय मत गन्दा गगन थापा ३२५ र विश्वप्रकाश शर्मा १८५ मतसहित अगाडि रहेका छन् । 

प्रदीप पौडेल १७७ मतसहित तेस्रो स्थानमा रहेका छन् । त्यस्तै प्रकाशशरण महतले १६३ र मीनेन्द्र रिजालले ८६ मत प्राप्त गरेका छन् । त्यस्तै राजाराम कार्कीले १२ मत प्राप्त गरेका छन् । महत र पौडेल संस्थापन प्यानलबाट उम्मेदवार बनेका हुन् भने रिजाल र थापा भने कोइराला प्यानलका उम्मेदवार हुन् । त्यस्तै शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । त्यस्तै कार्की भने विमलेन्द्र निधिको प्यानलका उम्मेदवार हुन् ।





Share:
Reaction :
ताजा समाचार
खेलकुद