Media Network

कांग्रेस महामन्त्री : १०७५ मत गन्दा गगन ६७३, विश्वप्रकाश ४३४ (लाइभ अपडेट)


खबरस्टोरी संवाददाता

१ पुष २०७८,बिहीबार

काठमाडौँ। कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्रीमा गगन थापाले सुरुवाति अग्रता कायम राखेका छन्। १०७५ मत गणना हुँदा गगन थापाले ६७३ तथा विश्वप्रकाश शर्माले ४३४ मत पाएका छन् । यस्तै प्रदीप पौडेलको ३४२, डा. प्रकाश शरण महतको ३५३ र डा. मिनेन्द्र रिजालले १९४ र राजाराम कार्कीले ३८ मत पाएका छन् ।

 महत र पौडेल संस्थापन प्यानलबाट उम्मेदवार बनेका हुन् भने रिजाल र थापा भने कोइराला प्यानलका उम्मेदवार हुन् । त्यस्तै शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । त्यस्तै कार्की भने विमलेन्द्र निधिको प्यानलका उम्मेदवार हुन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद