Media Network

कांग्रेस महामन्त्री : १८९५ मत गन्दा गगन १२९४, विश्वप्रकाश ८२७ (लाइभ अपडेट)


खबरस्टोरी संवाददाता

१ पुष २०७८,बिहीबार

काठमाडौँ। कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्रीमा गगन थापाले सुरुवाति अग्रता कायम राखेका छन्। १८९५ मत गणना हुँदा गगन थापाले १२९४ तथा विश्वप्रकाश शर्माले ८२७ मत पाएका छन् । यस्तै प्रदीप पौडेलको ६६८, डा. प्रकाश शरण महतको ६२० र डा. मिनेन्द्र रिजालले ३२९ र राजाराम कार्कीले ५८ मत पाएका छन् ।

महत र पौडेल संस्थापन प्यानलबाट उम्मेदवार बनेका हुन् भने रिजाल र थापा भने कोइराला प्यानलका उम्मेदवार हुन् । त्यस्तै शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । त्यस्तै कार्की भने विमलेन्द्र निधिको प्यानलका उम्मेदवार हुन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद