Media Network

कांग्रेस महाधिवेशनः आज प्रदेशसभा क्षेत्रीय अधिवेशन


खबरस्टोरी संवाददाता

३ मंसिर २०७८,शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदैछ । 

५८ जिल्लाका ३ सय बढी प्रदेशसभा निर्वाचन क्षेत्रमा शुक्रबार एकैसाथ प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्न लागेको हो । 

३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये १४ जिल्लामा भने यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ । 

प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन भएपछि मंसिर ६ गते संघीय प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछ भने एउटा मात्रै प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लामा भने जिल्ला अधिवेशन हुने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

निर्वाचन कार्यतालिकाअनुसार रसुवा र रौतहट जिल्लालाई भने समावेश नगरिएको पनि निर्वाचन समितिको पछिल्लो सुचनामा उल्लेख छ । 

नेपाली कांग्रेसले आगामी २४ देखि २६ मंसिरमा काठमाडौंमा १४ औं केन्द्रीय महाधिवेशन गर्दैछ ।

निर्वाचन तालिका



Share:
Reaction :
ताजा समाचार
खेलकुद