Media Network

कांग्रेस महाधिवेशनः ४० जिल्लाको नतिजा प्रकाशन


खबरस्टोरी संवाददाता

८ मंसिर २०७८,बुधबार

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमवार भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशनको ४० जिल्लाको नतिजा आएको छ । 

नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा बुधबार आउने बताए ।

देशभरिका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १६ वटा निर्वाचन क्षेत्रमा यसअघि नै नेतृत्व चयन भइसकेको छ ।

जाजरकोट जिल्लामा निर्विरोध नेतृत्व चयन भए पनि अन्य सबै जिल्लामा मतदानमार्फत नेतृत्व चयन भइरहेको यादवले बताए । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि २६ सम्म काठमाडौँमा हुँदैछ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद