Media Network

कांग्रेस महाधिवेशनः केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा


खबरस्टोरी संवाददाता

२२ मंसिर २०७८,बुधबार

मान्म । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका कालिकोटका नारायणप्रसाद भट्टराई तथा बागलुङका मणिभद्र शर्मा कँडेल र प्रकाश शर्मा पौडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । 

लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय भट्टराईले कालीकोटबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएपछि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनी नेपाल तरुण दलको पूर्व केन्द्रीय सदस्यसमेत हुन् । "कांग्रेसलाई नयाँ बाटोमा लैजान मेरो उम्मेदवारी हो", भट्टराईले भने । नरहरिनाथ गाउँपालिका घर भएका उनी कांग्रेसको १२औँ र १३औँ महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि थिए । 

मन्त्री कँडेल र नेता पौडेलद्वारा उम्मेदवारी घोषणाः

बलेवा: बागलुङबाट गण्डकी प्रदेश सरकारमा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र संविधानसभा सदस्य प्रकाश शर्मा पौडेलले कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका छन् । 

कार्यकर्ताको भावना र चाहनाअनुसार केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको कँडेल र पौडेलको भनाइ छ । कँडेल गण्डकीमा समानुपातिक प्रदेशसभा सदस्य हुन् भने पौडेल संविधानसभा सदस्य रहिसकेका छन् । दुवै जना कांग्रेस बागलुङको पूर्वसभापतिसमेत हुन् । उनीहरु बागलुङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद