Media Network

कांग्रेस महाधिवेशन: लुम्बिनीमा कँडेल, केसी र खड्का निर्वाचित


खबरस्टोरी संवाददाता

७ पुष २०७८,बुधबार

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) पदको मतपरिणाम सार्वजनिक भएको छ । 

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते २ पदका लागि भएको मतदानको मंगलबार राति सार्वजनिक मतपरिणामअनुसार केन्द्रीय सदस्यमा देवेन्द्रराज कँडेल २ हजार ७२७ तथा चन्द्रबहादुर केसी २ हजार २६७ मत प्राप्त गरी विजयी भएका छन् ।

यस्तै, महेन्द्रकुमार शर्माले १ हजार ७७३, लेखनाथ पोखरेलले १ हजार ५२७, प्रदीपराज शर्माले ४२३ र बमबहादुर डिसीले २५२ मत प्राप्त गरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

यसैगरी, केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) महिलातर्फ शिला शर्मा खड्का २ हजार ६७३ मत प्राप्त गरी विजयी भएकी छन् । 

यस्तै, रीता सेन ओलीले १ हजार ४६३ र भगवती काफ्ले (भण्डारी)ले ४१४ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद