कांग्रेस महाधिवेशन : मनोनयनपत्र फिर्ता लिने समय सकियो


खबरस्टोरी संवाददाता
२६ मंसिर २०७८, आईतवार
कांग्रेस महाधिवेशन : मनोनयनपत्र फिर्ता लिने समय सकियो

काठमाडौँ। नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनको निर्वाचन प्रकृयाको मनोनयन फिर्ताको समय सकिएको छ। यस अवधिमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन्।

न्यौपानेले उम्मेदवारी फिर्ता लिएसँगै सभापतिमा पाँच जनाले प्रतिस्पर्धा गर्नेछन्। अब शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङमध्येबाट कांग्रेसको नयाँ नेतृत्व चयन हुनेछ।