काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको निर्वाचनमा अहिलेसम्म ६०० मत खसेको छ । निर्वाचन समितिका सदस्य तेज रावलका अनुसार दिउँसो २ बजेसम्म करिब ६ सय मत खसेको छ ।
कांग्रेसमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि ४७२३ जना महाधिवेशनले मतदान गर्नेछन् ।मतदान गर्नका लागि भृकुटीमण्डपमा दुईवटा र राष्ट्रियसभागृहमा एउटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । धेरै उम्मेदवार भएकाले मतदान गर्नलाई एक जनालाई ४५ देखि ५५ मिनेटसम्म लागेको निर्वाचन समितिले जनाएको छ ।