Media Network

कांग्रेस महाधिवेशन : प्रहरीले दुर्व्यवहार गरेको भन्दै पत्रकारहरूले गरे ‘क्यामरा डाउन’


खबरस्टोरी संवाददाता

२७ मंसिर २०७८,सोमबार

काठमाडौँ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार मतदान प्रक्रियाको रिपोर्टिङका लागि गएका पत्रकारहरुमाथि  प्रहरी र निर्वाचन समितिका सदस्यले दुर्व्यवहार गरेपछि फोटो पत्रकारले महाधिवेशनस्थलमा क्यामेरा भुइँमा राखेर विरोध जनाएका छन्।

शीर्ष नेताहरुले मत खसाल्दै गरेको तस्बिर खिच्न जान खोजेका पत्रकारमाथि बल प्रयोग भएको हो। प्रहरी लगाएर पत्रकारहरुलाई बाहिर निकालेपछि फोटो पत्रकारहरुले क्यामरा डाउन गरेका छन् ।

प्रहरीले केही फोटो पत्रकारलाई लछारपछारसमेत गरेको छ। पत्रकारलाई भित्र छिर्न नदिनुका साथै हातपात र दुर्व्यवहार गरेपछि फोटोपत्रकारहरू आन्दोलित भएका हुन्।  उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका छन्।

अहिले महाधिवेशन स्थलमा उपस्थित भएका पत्रकारहरू क्यामेरा भुइँमा राखेर धर्ना दिएर बसिरहेका छन्। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद