Media Network

कांग्रेस महाधिवेशनः सानेपामा उपसभापतिको मतगणना सुरु


खबरस्टोरी संवाददाता

२९ मंसिर २०७८,बुधबार

काठमाडौं / नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तरर्गत उपसभापति पदको उम्मेदवारको मतगणना पार्टी कार्यालय सानेपामा सुरू भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार आज उपसभापतिको मात्र मतगणना हुनेछ। महामन्त्रीको मतगणना बिहीबारमात्रै गर्ने तयारी रहेको े छ।उपसभापतिमा विभिन्न प्यानलबाट उम्मेदवारी रहेका छन्। जसमध्ये शेरबहादुर देउवा प्यानलबाट विजय कुमार गच्छदार र पूर्णबहादुर खड्का रहेका छन् भने शेखर कोइराला प्यानलबाट धनराज गुरुङ र चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन्।

त्यस्तै प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइरालाले उम्मेदवारी दिएकी छन्। त्यस्तै उपसभापतिमै कुनै प्यानलमा नरहेका महेश आचार्यले पनि उम्मेदवारी दिएका छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद