Media Network

कांग्रेस महाधिवेशन : शशांक कोइराला अग्रस्थानमा, उनलाई पछ्याउँदै उदयशमशेर


खबरस्टोरी संवाददाता

३ पुष २०७८,शनिबार

काठमाडौँ। नेपाली कांग्रेसको खुला तर्फको केन्द्रीय सदस्यमा निवर्तमान महामन्त्री डा.शशांक कोइरालाले अग्रता लिएका छन्। केन्द्रीय पार्टी कार्यालय सानेपा शनिवार दिउँसोबाट शुरू भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार शशांक कोइरालाले सबैभन्दा बढी मत ल्याएर अग्रता कायम गरेका छन् ।

१३ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेर जितेका कोइराला यसपटक सभापतिको आकांक्षी थिए । तर, कांग्रेसका संस्थापनइतर समूहमा उनको उम्मेदवारीको पक्षमा सहमति जुट्न नसकेपछि शशांक सभापतिको उम्मेदवारबाट पछि हटेका थिए । 

कांग्रेसको निर्वाचन समितिले दिएको जानकारी अनुसार, अहिलेसम्म शशांक कोइराला ५३ मत ल्याएर अग्रस्थानमा छन् ।  उनीपछि सबैभन्दा धेरै मत ल्याउनेमा उदयशमशेर राणा छन् । उनले अहिलेसम्म ४४ मत प्राप्त गरेका छन् । 

त्यसैगरी, रामहरि खतिवडाले ४३, रमेश लेखकले ४२ र एमपी साउदले ३७ मत ल्याएका छन् ।  कांग्रेसको ३५ जना खुल्ला केन्द्रीय सदस्यका लागि ९९ जना उम्मेदवार बनेका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद