Media Network

कांग्रेस महाधिवेशनः उम्मेदवारी मनोनयन जारी


खबरस्टोरी संवाददाता

२५ मंसिर २०७८,शनिबार

काठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया जारी रहेको छ । 

दिउँसो ३ बजेसम्म सभापति पदमा ३ जनाको उम्मेदवारी परेको छ । कांग्रेस सभापतिका लागि प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन गरेका छन् । उपसभापतिमा नेता महेश आचार्य र सुजाता कोइरालाले मनोनयन दर्ता गराएका छन् । 

यसैगरी, महामन्त्रीमा अहिलेसम्म कसैको उम्मेदवारी परेको छैन भने सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, फर्मुल्लाह मनसुर, सुरेन्द्र चौधरी र देवराज चालिसेले उम्मेदवारी मनोनयन गराएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।  

उनका अनुसार केन्द्रीय सदस्यतर्फ अपाङ्ग कोटामा ६, अल्पसङ्ख्यकमा २, मुस्लिम कोटामा ९, थारुमा ६, दलित २३, महिला १३, खसआर्यतर्फ ३५ जना, आदिवासी जनजाति क्लष्टरबाट ४२ जना र खुलातर्फ ३५ जनाको उम्मेदवारी परेको छ । 

यसैगरी, प्रदेश १ बाट ४, प्रदेश २ बाट २, लुम्बिनी प्रदेशका लागि ९, गण्डकीका लागि ६, कर्णालीका लागि ६, सुदूरपश्चिम प्रदेशका लागि ३, वाग्मतीका लागि ४ तथा थारू कोटाबाट दुईजनाले उम्मेदवारी मनोनयन गराएका छन् ।

निर्वाचन प्रक्रियाको काम भृकुटीमण्डप र राष्ट्रियसभागृहबाट भइरहेको छ । विभिन्न २० स्थानबाट मनोनयन भइरहेको छ । कांग्रेस सभापति, उपसभापति र महामन्त्री पदका उम्मेदवारको मनोनयन एकै ठाउँबाट भइरहेको छ भने केन्द्रीय सदस्य र प्रदेशको आरक्षणअनुसारका उम्मेदबारको फरकफरक गरी कूल २० स्थानमा मनोनयनको व्यवस्था गरिएको कांग्रेसले जनाएको छ । कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्नेक्रम जारी छ ।

यसैगरी, केन्द्रीय सदस्य खुल्लातर्फ दिलेन्द्रप्रसाद बडूले पनि उम्मेदवारी दर्ता गराएका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद