Media Network

काँग्रेस महाधिवेशनमा २ हजार सुरक्षाकर्मी परिचालन गरिने


खबरस्टोरी संवाददाता

२१ मंसिर २०७८,मंगलवार

काठमाडौँ। यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको नेपाली काँग्रेसको १४ औं महाधिवेशनको सुरक्षाका लागि दुई हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।महाधिवेशन सुरक्षाको जिम्मा महानगरीय प्रहरी परिसर काठमाडौँलाई दिइएको छ ।

महाधिवेशन सुरक्षाका लागि प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीको कमान्डमा दुई हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिनेछ । त्यसका लागि काठमाडौँ परिसरका अतिरिक्त महानगरीय प्रहरी सहायता कार्यालय महेन्द्र पुलिस क्लब र विभिन्न गणबाट ठूलो सङ्ख्यामा सुरक्षाकर्मी थप गरिएको छ । सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनको जिम्मा महानगरीय ट्राफिक महाशाखाले लिएको छ ।  यसैगरी स्वयंसेवक व्यवस्थापनको जिम्मा नेपाल भूतपूर्व सैनिक संघलाई दिईएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद