काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको ८औं महाधिवेशन शनिबारदेखि काठमाडौमा शुरु हुँदैछ ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनको उदघाटन गर्दैछन् । युनियनको नयाँ नेतृत्वका लागि युनियनका वर्तमान अध्यक्ष गोपालप्रासद पोखरेल र वरिष्ठ उपाध्यक्ष सुरेन्द्रप्रसाद अधिकारीले उम्मेदवारी दिँदैछन् । दुवै जनाले छुट्टाछुट्टै प्यानल बनाएरै प्रतिष्पर्धामा उत्रिने तयारी गरेका छन् ।
पोखरेल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उत्तम कटुवाल, खुला उपाध्यक्षमा यज्ञ वली, महासचिवमा दुर्गा फुयाल, तथा उपमहासचिवमा इन्दु शर्मा र गणेश भण्डारीले उम्मेदवारी दिने तयारी छ ।
यसैगरि, सचिव र कोषाध्यक्षमा झविन्द्र पोखरेल, जगत पाठक, कुलप्रसाद भट्टराई, दिनेश पोखरेल, भरत मैनाली, कृष्ण सेजुवाल र हरि क्षेत्रीले उम्मेदवारी दिने भएका छन् ।
यसैगरी, पोखरेल प्यानलबाट महिला उपाध्यक्षमा निर्मला शर्मा, जनजाती उपाध्यक्षमा मनोज सुनवारले उम्मेदवारी दिने भएका छन् । प्रदेश उपाध्यक्षहरूमा प्रदेश १ बाट मानबहादुर बन, मधेस प्रदेशबाट राजकिशोर राउत, वागमती प्रदेशबाट दिपक मिश्र, गण्डकी प्रदेशबाट दिपक रेग्मी, लुम्बिनी प्रदेशबाट चन्द्रबहादुर खड्का तथा सुदूरपश्चिमबाट चेतराज जोशीले उम्मेदवारी दिने भएका छन् । युवा सचिवमा भुपेन्द्र अधिकारीले उम्मेदवारी दिने भएका छन् ।
यसैगरि, सुरेन्द्रप्रसाद अधिकारी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुवासकुमार पोखरेल, खुला उपाध्यक्षमा एकनारायण शर्मा काफ्लेले उम्मेदवारी दिने भएका छन् ।
यसैगरी प्रदेश उपाध्यक्षमा प्रदेश १ बाट तोया तिमिल्सिना, मधेस प्रदेशबाट राजकिशोर राउत, बागमती प्रदेशबाट भिष्म लम्साल, कर्णालीबाट नृपजंग शाही तथा सुदूरपश्चिम प्रदेशबाट धर्मबहादुर देउवाले उम्मेदवारी दिने भएका छन्।
अधिकारी प्यानलबाट महासचिवमा जनकबहादुर रावल तथा उपमहासचिवमा देवराज सापकोटा र सूर्य चापागाईले उम्मेदवारी दिने भएका छन् ।
महिला उपाध्यक्षमा निर्मला शर्मा, मधेसी उपाध्यक्षमा अशोक रौनियार, श्रेणीविहिनी उपाध्यक्षमा शंकर पुरी तथा आदिवासी उपाध्यक्षमा पुरन गुरुङले उम्मेदवारी दिने भएका छन् ।