Media Network

कांग्रेस निर्वाचनः सशांकको समूह आफ्नै क्षेत्रमा पराजित


खबरस्टोरी संवाददाता

५ मंसिर २०७८,आईतवार

नवलपुर । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्वका दाबेदार महामन्त्री डा.सशांक कोइरालाको निर्वाचन क्षेत्रमा आफ्नो समूह पराजित भएको छ । 

नवलपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ ‘क’ को क्षेत्रीय अधिवेशनमा डा. कोइराला पक्षका सभापतिका प्रत्यासी तारापति खरेल पराजित भएका हुन् । खरेललाई महेन्द्रध्वज जिसी पक्षका गोपाल सापकोटाले पराजित गरिदिएका छन् । सापकोटाले ३ सय २९ मत पाउँदा खरेलले २ सय ४७ मत पाए । 

नवलपुर क्षेत्र नम्बर १ ‘क’ मा महामन्त्री शशांक कोइराला समूहबाट तारापति खरेल र महेन्द्रध्वज जीसी समूहबाट गोपालप्रसाद सापकोटाको नेतृत्वमा प्यानलगत उम्मेदवारी दर्ता भएको थियो । 

सचिव र सहसचिव पदमा पनि डा. कोराइला पक्षले पराजय ब्यहोरेको छ । 

कोइरालाको निर्वाचन क्षेत्र नम्बर १ कै ‘ख’मा भने कोइराला पक्षका सभापति हेमप्रसाद पाण्डे विजयी भएका छन् । पाण्डेले जीसी समूहका प्रदीप घिमिरेलाई पराजित गरेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद