Media Network

कांग्रेस नेता केसीको फरक मतः स्थानीय चुनावमा केन्द्रको हस्तक्षेप


खबरस्टोरी संवाददाता

१२ बैशाख २०७९,सोमबार

काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीको स्थानीय तहको चुनावी तालमेलमा हस्तक्षेप भएको भन्दै फरक मत राखेका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा केसीले गठबन्धनको तालमेलका विषयमा ५ बुँदे फरक मत राखेका हुन् । 

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिले स्थानीय तहलाई निर्वाचन गठबन्धन र तालमेलबारे ‘स्थानीय अवस्था र आवश्यकता’लाई हेरी निर्णय गर्न प्रत्यायोजित गरेको अधिकार र स्थानीय इकाइको निर्णयविरुद्ध केन्द्रीय हस्तक्षेप भएको केसीले लिखित रुपमै दर्ज गरेका छन् । 

केसीले महानगर र उपमहानगरको पाँच पार्टी गठबन्धनबीच भएको तालमेल र भागबण्डाको मापदण्ड कांग्रेसको कार्य सम्पादन समितिमा प्रस्तुत नभएको बताएका छन् । 

केसीले महानगर र उपमहानगरमा उम्मेदवारीको टिकट वितरणमा पार्टीको बैधानिक प्रक्रिया अबलम्बन नगरिएको पनि स्पष्ट गरेका छन् । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद