कांग्रेस नेता महेश आचार्यको भोट माग्ने अनौठो शैली ‘‘ गुट रोज्ने कि विचार ”?


खबरस्टोरी संवाददाता
२६ मंसिर २०७८, आईतवार
कांग्रेस नेता महेश आचार्यको भोट माग्ने अनौठो शैली   ‘‘ गुट रोज्ने कि विचार ”?

काठमाडौं ÷ नेपाली कांग्रेसको जारी १४औ महाधिवेशनमा स्वतन्त्रबाट उपसभापति पदमा उम्मेदवारी दिएका नेता महेश आचार्यले भोट मागने नयाँ शैली अपनाएका छन् ।

दुई सदस्यका लागि सात जनाको उम्मेदवारी परेको उपसभापति पदका प्रत्यासी उनले ‘गुट रोज्ने कि विचार’ भन्दै महाधिवेशन प्रतिनिधिसँग भोट मागेका छन् ।‘मतदान गर्न जाँदा विचार रोज्ने कि गुट रोज्ने ? तपाईको विवेकले उचित निर्णय गर्नेछ’, भन्दै उनले प्रतिनिधिहरुसँग भोट मागेका छन् ।