काठमाण्डाै। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डा. मिनेन्द्र रिजाल महामन्त्रीको उम्मेदवार बन्ने भएका छन्। काठमाण्डौमा बिहान पत्रकार सम्मेलन गरी रिजालले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा उनले संस्थापन इतरबाट सभापतिमा साझा उम्मेदवार बनाउने प्रयास भइरहेको बताए ।यस्तै, उनले १४ औँ महाधिवेशनपछि पार्टी नेतृत्व परिवर्तन हुने दाबी पनि गरेका छन् ।