२०५९ सालदेखि कांग्रेसमा क्रियाशील तिम्सिना २०६२-०६३ मा तरुण दलको जिल्ला अध्यक्ष बनेका थिए । उनी कांग्रेस नेता मनोज तिम्सिनाका भाइ हुन् ।केपिलासगढी गाउँपालिका अध्यक्षका आकांक्षी मनोजले टिकट नपाएपछि भाइ मुक्तिनाथले जिम्मेवारी छाडेको अनुमान गरिएको छ । पार्टीका उम्मेदवारले ‘हार्दा पनि जित्दा पनि’ दोष बोक्नुपर्ने अवस्था आएकाले जिम्मेवारी छाडेको बताए ।
तिम्सिनाले निर्माण गरेको माथिल्लो रावा खोला हाइड्रोपावर सञ्चालनमा आइसकेको छ । यसबाहेक बाख्रापालन, कालिज पालन, लोकल माछा पालनलगायतका कृषि कर्ममा लाग्नेगरी पार्टीको जिम्मेवारी छाडेर स्वतन्त्र नागरिकको रूपमा काम गर्ने तिम्सिनाले बताए ।