सभामा नेपाली कांग्रेसका नेताहरूको बाहुल्यता छ । जसमा बोल्ने अधिकांश कांग्रेस नेताहरूको चिन्ता एउटै थियो- प्रचण्डले फेरि धोका पो दिने हुन् कि !
उनीहरूको चिन्ताको विषय किन भयो ? त्यसका लागि २०७४ सालको स्थानीय तह निर्वाचनतर्फ जानुपर्छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । जहाँ माओवादीबाट रेणु दाहालले मेयर जितिन् भने उपमेयरमा कांग्रेसबाट पार्वती केसी विजयी भइन् ।
स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल गरेको माओवादीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा भने नेकपा एमालेसँग तालमेल गर्नुका साथै पार्टी एकता नै गराए । जसले गर्दा कांग्रेस त्यही बेलादेखि माओवादीसँग आशंकित हुन थालेको हो ।
जुन कुराको आशंका कांग्रेस चितवनका नेताहरूले संयुक्त चुनावी सभामा पनि व्यक्त गरे । नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले प्रचण्डलाई धोका नदिन आग्रह गरे । चुनावी सभामा सम्बोधन गर्दै उनले भने, ‘हाम्रो सोझो सभापति जे भन्यो त्यही गर्नुहुन्छ, भोलिका दिनमा ढाँट्ने काम, धोका दिने काम नहोस् । जे प्रतिवद्धता पाँच वर्षअघि गरेका थियौं, त्यो तीन महिनापछि टुट्यो ।’
उनले गठबन्धनका उम्मेदवारलाई भरतपुरमा कांग्रेसले एक ढिक्का भएर जिताउने बताए । कांग्रेस चितवनले जसरी पनि रेणुलाई जिताउने भन्दै माओवादीले धोका दिन नहुने उनको भनाइ थियो ।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले सत्तारूढ गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए । गठबन्धनका नेताहरूले गठबन्धनको निरन्तरता हुने प्रतिज्ञा गरे मात्र चितवनका नागरिकले विश्वास गर्ने बताए । विगतमा कांग्रेस चितवनलाई धोका दिएको स्मरण गराउँदै उनले निरन्तरता हुने प्रतिज्ञा मागेका हुन् ।
चुनावका लागि गठबन्धन गर्ने र चुनावपछि बिर्सने प्रवृत्तिका कारण गठबन्धनप्रति शंका उत्पन्न भएको बताए ।
‘