Media Network

कांग्रेस प्रवक्ता महतले भने- नेपालमा लोडसेडिङ अन्त्य मैले गरेको हो


खबरस्टोरी संवाददाता

२६ बैशाख २०७९,सोमबार

काठमाडौँ  । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपालमा लोडसेडिङको अन्त्यको पहल आफु उर्जा मन्त्री भएको समय गरेको जीकीर गरेका छन् । 

सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतले नेकपा एमालले आफ्नो सरकारको पालामा लोडसेडिङ अन्त्य गरेको भन्ने अभिव्यक्ति प्रति आपत्ति जनाउँदै महतले एमालेले नभई आफ्नो पालमा लोडसेडिङ अन्त्यको पहल गरेको दाबी गरेका हुन् । 

महतले भने “लोडसेडिङ कसले अन्त्य गर्‍यो ? मै हो उर्जा मन्त्री, माधव नेपाल प्रधानमन्त्री र म उर्जा मन्त्री भएको समयमा स्वदेशी पुँजी जम्मा गरेर कार्यान्वयनमा लगेको हो ।  नेपाली कांग्रेसले ल्याएको आर्थिक उदारीकणको नीतिअनुसार नै निजी उद्योग व्यवसाय फस्टाएको  र  निजी क्षेत्रबाट विद्युत उत्पादन सुरु भएको हो ।”

नेकपा एमालेले अरूण तेस्रो आयोजना रद्ध गराएको कारणले नेपालमा लोड्सेडिङ भएको बताउँदै महतले भने “नेपाली कांग्रेसले अघि सारेको नीति तथा कार्यक्रमको ब्याजसमेत नेकपा एमालेले खाइरहेको छ ।”


Share:
Reaction :
ताजा समाचार
खेलकुद