Media Network

कांग्रेस सभापतिका दुवै प्रत्यासी मतदातासँग मत माग्दै


खबरस्टोरी संवाददाता

२८ मंसिर २०७८,मंगलवार

काठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशमा सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा.शेखर कोइरालाले मतदातासँग मत मागि रहेका छन् । 

राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्याशीले आ–आफनो पक्षमा मतदान गर्न आग्रह गरेका हुन् । 

सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधान अनुसार सभापति पदका लागि  पुनः निर्वाचन भएको हो । मतदानका लागि साँझ ७ः३० बजेसम्मको तयारी गरेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

पहिलो चरणको मतदानमा प्रधानमन्त्री एवं सभापति देउवाले २ हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले १ हजार ७०२ मत प्राप्त गरेका हुन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद