Media Network

कांग्रेस सहमहामन्त्रीको मतगणना : खस/आर्यमा राठौरको अग्रता


खबरस्टोरी संवाददाता

२ पुष २०७८,शुक्रबार

काठमाडौँ। नेपाली कांग्रेसको पाँच सहमहामन्त्रीको मतगणना जारी छ शुक्रबार केन्द्रीय कार्यालय सानेपामा दिउँसो १२ बजेपछि मतगणना सुरु भएको हो ।

यसअघि बिहीबार कुल आठमध्ये तीन क्लस्टरमा सहमहामन्त्रीको मतगणना भएको थियो। महिला, दलित र आदिवासी जनजातितर्फ गणना हुँदा महालक्ष्मी उपाध्याय (डिना), जीवन परियार र भीष्मराज आङ्देम्बे निर्वाचित भइसकेका छन्।

आज मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारु, खस/आर्यको मतगणना सुरु भएको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए। 

खसआर्य समूहमा राठौर, चालिसे, मधेशी क्लष्टरबाट सहमहामन्त्रीमा महेन्द्र यादव र रामकृष्ण यादव प्रतिस्पर्धामा छन् । जसमा देउवा समूहका किशोरसिंह राठौरले अग्रता लिएका छन्। उनले शेखर समूहका देवराज चालिसेलाई पछि पारेका हुन्। अहिलेसम्म २०० मत गनिसकिएको छ। जसमा राठौरले १०७ र चालिसेले ९१ मत पाएका छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद