काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज साँझ ५ बजे बैठक बोलाएको छ । महाधिवेशनको उद्घाटन सत्रपछि संस्थापनइतको बैठक बसेर आधिकारिक उमेदवार घोषणा गरिने भएको छ ।
“उक्त बैठकमा जिल्ला सभापतिहरु, जिल्लाका पूर्व सभापतिहरु तथा केन्द्रीय सदस्यहरुसहित नेताहरु बसेर आधिकारिक टिम घोषणा गर्ने सहमति भएको छ,” एक कांग्रेस नेताले भने ।
बैठक अनुपम फुडल्यान्ड बत्तिसपुतलीमा बस्ने छ । कांग्रेस नेताहरु वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहराटार पुगेर पौडललाई महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन सहमत गराएका छन् । साँझसम्म साझा उमेदवार तय गर्ने नेताहरुले प्रतिबद्धता जनाएपछि पौडेल उद्घाटनसत्रमा सहभागी हुन तयार भएका हुन् । महेश आचार्य, बलबहादुर केसी, अर्जुननरसिंह केसी, गगन थापा, रामशरण महत पौडेल निवास पुगेका थिए ।