Media Network

कांग्रेसको बागमती सभापतिका लागि बानियाँ र केसी पुनः प्रतिस्पर्धामा


खबरस्टोरी संवाददाता

१९ मंसिर २०७८,आईतवार

काठमाडौँ।  नेपाली काँग्रेसको बागमती प्रदेशको सभापति चयनका लागि फेरि मतदान हुने भएको छ । सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुने भएको हो ।

प्रथम चरणको निर्वाचनमा सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले सबैभन्दा बढी ९९२ मत ल्याएका छन् । जगदिश्वर नरसिंह केसीले ८७२ र भीमसेन दास प्रधानले १९७ मत पाएका छन् । अब दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याएका दुई जना (बानियाँ र केसी)बीच पुनः निर्वाचन हुनेछ ।

कांग्रेस बागमती प्रदेशमा कूल २१ सय ५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो । कांग्रेसको विधानमा सभापतिमा कूल खसेको मतको ५१ प्रतिशत मत ल्याएमात्र विजयी हुने प्रावधान छ । ५१ प्रतिशत मत नपुगे बढी मत ल्याएका दुई जनाबीच पुनः प्रतिस्पर्धा गर्ने व्यवस्था छ । 




Share:
Reaction :
ताजा समाचार
खेलकुद