Media Network

कांग्रेसका बाँकी सबै जिल्ला अधिवेशन स्थगित !


खबरस्टोरी संवाददाता

१६ मंसिर २०७८,बिहीबार

काठमाडाैँ । नेपाली कांग्रेसले १६ वटा जिल्लामा केन्द्रीय महाधिवेशन सकिएपछि मात्रै जिल्ला अधिवेशन गर्ने भएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश नम्बर २ का ८ जिल्लाहरु र अरू प्रदेशका विभिन्न ८ जिल्लाहरुमा अब केन्द्रीय महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गरिने जानकारी गराएको छ ।

प्रदेश २ का रौतहट, सर्लाही, सप्तरी, सिरहा, बारा, पर्सा, धनुषा र महोत्तरी जिल्लामा जिल्ला अधिवेशन भएको छैन । साथै कैलाली, अछाम, बाँके, नवलपुर, सिन्धुपाल्चोक, मकवानपुर, चितवन र सिन्धुलीमा पनि जिल्ला अधिवेशन हुन सकेको छैन ।

१६ वटा जिल्लामा केन्द्रीय महाधिवेशनपछि जिल्ला अधिवेशन गर्ने निर्णय भएको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताएका छन् ।

यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौँमा कांग्रेसले १४औं महाधिवेशन गर्दैछ । श्रेष्ठले भने, 'केन्द्रिय महाधिवेशनपछि निर्वाचन समितिबाट बाँकी रहेका जिल्लामा अधिवेशन गर्न कार्यतालिका दिन्छौं ।'

श्रेष्ठाका अनुसार महाधिवेशनका लागि प्रतिनिधिसभा क्षेत्रबाटै महाधिवेशन प्रतिनिधिहरू आउने हुदाँ महाधिवेशनका लागि जिल्ला अधिवेशन गरिराख्नु अनिवार्य नभएको बताएका छन् ।

कांग्रेसले क्रियाशील सदस्यता विवाद समयमै टुंगोमा नपुर्‍याउँदा वडादेखि नै अधिवेशन तोकिएको समयमा हुन नसकेका कारण त्यसको प्रभाव जिल्ला अधिवेशनसम्म परेको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद