Media Network

कांग्रेसको चुनाव प्रचार समितिमा आयल निगमका निर्देशक


खबरस्टोरी संवाददाता

२० चैत्र २०७८,आईतवार

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले बनाएको चुनाव प्रचारप्रसार समितिमा नेपाल आयल निगमका निर्देशक पनि परेका छन् । 

नेपाल आयल निगम लिमिटडका कार्यकारी निर्देशक थानीलाई कांग्रेसले आफ्नो चुनाव प्रचार समितिमा राखेको हो । आयल निगमका निर्देशक थानी यसअघि नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति सदस्य थिए । 

थानी कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)का अध्यक्ष पनि हुन् । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले डा. प्रकाशशरण महतलाई प्रचारप्रसार संयोजक तोकेको थियो । 

नेपाली कांग्रेसको चैत १५ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी प्रवक्तासमेत रहेका महतको संयोजकत्वमा ६७ सदस्यीय चुनाव प्रचार समिति तोकेको थियो । 

पार्टीका ४६ जना केन्द्रीय सदस्यलाई चुनाव प्रचार समिति सदस्य तोकिएको छ । कांग्रेसका अन्य भातृ तथा सुभेच्छुक संस्थाहरुका अध्यक्षलाई चुनाव प्रचार प्रसार समितिको पदेन सदस्य तोकिएका छन् । 

चुनाव प्रचार समितिको सूची हेर्नुहोस्ः



Share:
Reaction :
ताजा समाचार
खेलकुद