कांग्रेसकोे केन्द्रीय समिति बैठक बस्दै,यस्ता छन् एजेन्डा


खबरस्टोरी संवाददाता
२७ असार २०७९, सोमबार
कांग्रेसकोे केन्द्रीय समिति बैठक बस्दै,यस्ता छन् एजेन्डा
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । आजको बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुने बताइएको छ । हिजो बसेको पदाधिकारी बैठकले दुईवटा भ्रातृ संस्था र नौवटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो । भ्रातृ संस्थाका रुपमा नेपाल थारू संघ र नेपाल आदिवासी जनजाति महासंघले मान्यता पाउने भएका छन् ।

यसैगरी, कांग्रेसले नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ, नेपाल लोकतान्त्रिक उद्योग व्यापार व्यवसायी संघ, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ, नेपाल लोकतान्त्रिक आयुर्वेद तथा प्राकृतिक चिकित्सक संघ, नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ र नेपाल लोकतान्त्रिक भाषा साहित्य लेखक संघलाई शुभेच्छुक संस्थाको रूपमा मान्यता दिने तयारी गरेको छ ।

आजको बैठकमा सो प्रस्ताव प्रस्तुत गरिनेछ । आजको बैठकले भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको विधान स्वीकृत गरी ती संस्थाहरूलाई भ्रातृ तथा शुभेच्छुक संस्थाकोरूपमा अनुमति प्रदान गर्नेछ । अनुमति प्रदान गरेसँगै अब कांग्रेसका भ्रातृ संस्थाको संख्या १३ बाट बढेर १५ पुग्नेछ भने शुभेच्छुक संस्थाको संख्या २७ पुग्नेछ ।