नवलपरासी (सुस्ता पश्चिम) क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका देवेन्द्रराज कँडेल (मुन्नाबाबु)को उम्मेदवारी रद्द भएको छ ।
निर्वाचन कार्यालयका अनुसार नवलपरासी क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट कँडेल र भीमबहादुर थापा दुवैले आधिकारिक टिकट दाबी गर्दै उम्मेदवारी दर्ता गराएका थिए । थापाले पहिला उम्मेदवारी दर्ता गराएको भन्दै निर्वाचन कार्यालयले कँडेलको उम्मेदवारी रद्द गरिदिएको हो । कँडेलले दर्ता नम्बर उल्लेख नगरी क्रम संख्या मात्र राखी उम्मेदवारी कायम गराएका थिए ।
उम्मेदवारीको विषयमा विवाद भएपछि मुख्य निर्वाचन कार्यालयले पहिला दर्ता गर्ने थापाको उम्मेदवारीलाई आधिकारिकता दिँदै कँडेलको उम्मेदवारी रद्द गरिदिएको हो ।
आजपाकी मायाकुमारी थापाको उम्मेदवार खारेज
निर्वाचन कार्यालयले नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ बाटै उम्मेदवारी दिएकी आम जनता पार्टीकी मायाकुमारी थापाको उम्मेदवारी खारेज गरिदिएको छ । सहायक निर्वाचन अधिकृत भेषराज खनालका अनुसार थापाको नाम कालोसूचीमा रहेको देखिएकाले उनको उम्मेदवारी खारेज गरिएको हो । उक्त निर्वाचन क्षेत्रबाट २७ जनाले उम्मेदवारी दिएका थिए ।