यहि फागुन २९ गतेदेखि चैत २९ सम्म एक महिनाका लागि ‘घर घर जाउँ, कांग्रेस जिताउँ’ अभियान लिएर गाउँ जान लागेको कांग्रेसले सबै जिल्लामा पार्टी केन्द्रीय प्रतिनिधिहरुलाई खटाएको छ ।
कांग्रेसले चुनावलक्षित एक महिने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय नेताहरुलाई प्रतिनिधिका रुपमा खटाएको हो । फागुन २९ गते सबै जिल्लामा एकै साथ अभियान सञ्चालन गरी कांग्रेसले चुनावी माहोल ल्याउन खोजेको छ ।
‘डन’ गणेश लामा मनाङ कमाण्डर
एक महिने अभियानका क्रममा काभ्रेली डन भनेर चिनिएका गणेश लामालाई कांग्रेसले मनाङ कमाण्डर बनाएर पठाउँने भएको छ ।
मनाङ गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रीसमेत रहेका राजीव गुरुङ उर्फ दीपक मनाङेको जिल्ला हो । यसअघि प्रदेश निर्वाचनमा स्वतन्त्रबाटै जितेका डन भनेर चिनिने मनाङेको प्रभाव क्षेत्रमा कांग्रेसले लामालाई खटाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसअघि गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार ढाल्नेबेलामा पनि गणेश लामा पोखरामा खटिएका थिए ।
एमसीसीका कारण नागरिकसँग कांग्रेसको त्रास
अभियानका क्रममा नेपाली कांग्रेले एमसीसी परियोजनाका बारेमा पनि नागरिकलाई अथ्र्याउने योजना बनाएको छ । एमसीसी कांग्रेसको जबर्जजस्तीले पास भएको सन्देश प्रभाव भएकाले पनि कांग्रेस त्रसित बनेको छ ।
सबै जिल्लामा केन्द्रीय प्रतिनिधि नै उपस्थित हुने गरी शुरु गर्न लागिएको अभियानका क्रममा कांग्रेसले एमसीसीबारे नागरिकको आशंकालाई निवारण गर्न विकासको योजनाका रुपमा अथ्र्याउने जनाएको छ ।
एमसीसीलाई विकास आयोजना मात्रै भएको भनी नागरिकलाई बुझाउन नसकेमा कांग्रेसले नजित्ने गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँण बताउँछन् ।